scheduleआइतवार आश्विन ४ गते, २०७७

अनि डा. भट्टराईको चित्त फाट्यो …

काठमाडौं, १८ साउन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले लगानी बोर्डमा भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

डा. भट्टराई प्रधानमन्त्री हुँदा सुरु गरिएको लगानी बोर्डमा पछिल्लो समय नियुक्तिमा राजनीतिक चलखेल भइरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया आएको हो । ‘२०६५/६६ मा मैले सिंगापुरको आर्थिक विकास बोर्डलगायतबाट प्रेरणा लिएर अघि सारेको लगानी बोर्ड अहिले विद्रूप बनेर कमिसन एजेण्टहरूको खेलौना बनेको देख्दा चित्त फाट्छ,’ भट्टराईले आइतबार बिहान एक ट्वीट सन्देशमा दुःख पोखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘जुन देशमा अल्पज्ञान, अहंकार र रोगले ग्रस्त नेतृत्व हुन्छ त्यहाँ लि क्वान युको आर्थिक विकास बोर्ड खोजेर कहाँ पाउनु ? बाँदरको हातमा …।’

लगानी बोर्डमा पछिल्लो समय ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लागेका व्यापारिक घरानाका व्यक्तिलाई नै सरकारले लगानी बोर्डको नेतृत्व दिने तयारी गरेको खबर बाहिरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय