scheduleआइतवार आश्विन ४ गते, २०७७

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौं, १८ साउन । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार  बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड आइतबार बिहान बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

मंगलबार बोलाइएको पार्टी स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले  स्थगित गरिदिएपछि ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै भेटवार्ता भएको थियो।

बालुवाटारमा प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बसेको बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो।

साथै उक्त बैठकले आगामी स्थायी समिति बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय