scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेशका ५ जिल्लामा थपिए २० जना संक्रमित

पोखरा, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आइतबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बाग्लुङका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५०५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीको रुपा गाउँपालिकाका ३ पुरुष र २ महिलामा संक्रमण पुष्‍टि भएको हो । त्यसैगरी पोखरा महानगरपालिकाका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको वालिङ नगरपालिकाका ५ पुरुष तथा पुतलीबजार नगरपालिकाका २ महिला र  १ पुरुषमा संक्रमण भेटिएको छ ।

लमजुङको सुन्दरबजारका २ जना पुरुष तथा दोर्दीका एकजना पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ भने तनहुँको म्याग्दे र आँबुखैरेनीका एकएकजना पुरुषमा पनि संक्रमण भेटिएको छ । त्यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसैबीच प्रदेशभर हालसम्म निको हुनेको संख्या १२४५ पुगेको छ भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय