scheduleबिहिवार आश्विन १५ गते, २०७७

लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इमोबिलले जिते यूरोपियन गोल्डेन बुट

काठमाडौं, १८ साउन । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इमोबिलले सन् २०१९-२० को सिजनको यूरोपियन गोल्डेन बुट जितेका छन् । यूरोपियन फुटबल लिगहरुमध्येबाट एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने उक्त अवार्ड १३ वर्षपछि इटालियन लिगमा फर्किएको हो ।

यस सिजन कुल ३६ गोल गरेका इमोबिलले बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । यस सिजन लेवान्डोस्कीले ३४ तथा रोनाल्डोले ३१ गोल गरेका थिए ।

यूरोपियन गोल्डेन बुट यसअघि लगातार तीन वर्षसम्म बार्सिलोनाका लियोनेल मेसीले जितेका थिए । उनले सर्वाधिक ६ पटक उक्त अवार्ड जितेका छन् ।

यस्तै इमोबिलले सिरि ए को सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट पनि जितेका छन् । साथै उनले सिरी ए को एक सिजनमा सर्वाधिक गोलको रेकर्ड पनि बराबरी गरेका छन् । यसअघि २०१५-१६ को सिजनमा गोन्जालो हिगुयनले पनि युभेन्ट्सका लागि एकै सिजनमा ३६ गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय