scheduleबिहिवार आश्विन ८ गते, २०७७

कोरोना अपडेटः भारतमा २४ घण्टामा ५४ हजार संक्रमित भेटिए

नयाँ दिल्ली, १८ साउन । भारतमा पछिल्लो २४ घण्६ामा ५४ हजार ७३६ नयाँ संक्रमितहरु भेटिएका छन् । यसबीच ८५३ जनाको मृत्यू भएको छ ।
भारतमा अहिलेसम्म १७ लाख ५० हजार ७२४ संक्रमित पुगेका छन् भने ३७ हजार ३६४ जनाको मृत्यू भएको छ ।

भारतमा कोरोनाबाट संक्रमितमध्ये ११ लाख ४५ हजार बिरामी निको भइसकेका छन् । अहिले करिब ५ लाख ६७ हजार संक्रमित बाँकी छन् ।

विश्वभर १ करोड ७७ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् । संसारभर १ करोड १४ लाख मानिस कोरोनाबाट निको भइसकेका छन् । कुल संक्रमितमध्ये ६ लाख ८४ हजारको कोरोना संक्रमणका कारण मृत्यू भइसकेको छ ।

अमेरिकामा ४६ लाख २० हजार संक्रिमत पुगेका छन् भने १ लाख ५४ हजार ३६१ जनाको मृत्यू भएको छ ।

ब्राजिलमा २७ लाख ७ हजार संक्रिमत हुँदा ९३ हजार ५६३ जनाको मृत्यू भएकव छ ।

रुसमा ८ लाख ४३ हजार संक्रमित भेटिँदा १४ हजार ३४ हजार मानिसको मृत्यू भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय