scheduleबिहिवार आश्विन ८ गते, २०७७

उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानीको कोरोनाबाट मृत्यु

काठमाडौं, १८ साउन । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस  संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री रानीको आइतबार बिहान मृत्यु भएको बीबीसीले जनाएको छ ।

गत जुलाई १८ मा कोरोना संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेको जनाएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय