scheduleआइतवार आश्विन ४ गते, २०७७

सकियो बालुवाटार छलफल

काठमाडौं, १८ साउन । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बालुवाटारमा जारी  छलफल सकिएको छ ।

उक्त छलफलमा अध्यक्षद्वय ओली र दाहालका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै ओली र प्रचण्ड साक्षीसहित छलफलमा जुटेको बताइएको छ । छलफल सकारात्मक रहेको बताइएपनि छलफलको प्रगति के भयो भन्नेबारे केहि बताइएको छैन ।

झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय