scheduleबिहिवार आश्विन ८ गते, २०७७

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन

नयाँदिल्ली, १८ साउन । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए ।

‘बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,’ रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । पिटिआई

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय