scheduleबिहिवार आश्विन ८ गते, २०७७

भारतीय गृहमन्त्रीलाई कोरोना पोजेटिभ, अस्पताल भर्ना

काठमाडाैं, १८ साउन । भारतका गृहमन्त्री अमित शाहलाई कोभिड १९ पोजेटिभ देखिएको छ। गृहमन्त्री शाहले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिढ १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्।

कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन्।

कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।

— Amit Shah (@AmitShah) August 2, 2020


यसअघि आजै उत्तर प्रदेशकी मन्त्री कमला रानीले कोरोनाभाइरसका कारण ज्यान गुमाएकी थिइन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय