राजधानीमा सफा ट्याम्पो चालकलाई कोरोना देखियो
काठमाडौं, १८ साउन । काठमाडाैंमा सफा ट्याम्पो चलाउने एक जना चालकलाई कोरोना संक्रमण देखिएको छ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ। सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी संचालनमा ल्याउने निर्णय गरेको थियो ।