scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेश : पोखराका ४ जना सहित थपिए १९ संक्रमित

पोखरा, १८ साउन । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा नवलपरासी पूर्वका ९ जना, कास्कीका ४ जना तथा बाग्लुङ, तनहुँ र गोरखाका दुई-दुईजना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १५२४ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ पुरुष र २ महिलामा संक्रमण पुष्‍टि भएको निर्देशनालयले जनाएको छ ।

अन्य १५ संक्रमितको विवरण भने निर्देशनालयले यसअघिको प्रतिवेदनमा उल्लेख गर्न छुट भएको जनाएको छ । ती संक्रमितहरुलाई आइसोलेसनमा लगिसकिएको र पोखराका ४ जना संक्रमितलाई भने आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यसैबीच प्रदेशभर निको हुनेको संख्या १३०५ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

यसअघि आइतबार विहान पनि गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्‍टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय