scheduleबिहिवार आश्विन ८ गते, २०७७

सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, १८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सफलतामा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा कुरा गर्दै उनले सरकारका नीतिगत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व एवं जिम्मेवारी कर्मचारी प्रशासनमा रहने उल्लेख गरे ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश प्रमुख सचिव विष्णु नेपालको स्वागत कार्यक्रममा बोल्दै गर्दा उनले राम्रो काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुने बताए । साथै उनले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्ने आवश्यकता समेत औँल्याएका थिए ।

जनताले चाहेअनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताए ।

प्रदेश प्रमुख सचिव विष्णु नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्‍ने धारणा व्यक्त गरेका थिए । सरकारको सफलताको लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारीतालाई आत्मसात गर्दै क्रियाशील बन्‍न कर्मचारी वर्गलाई आग्रह गरे ।

उक्त अवसरमा प्रमुख सचिव नेपाललाई मुख्यमन्त्री गुरुङ तथा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय