scheduleशनिवार आश्विन १० गते, २०७७

बाँदर र बँदेलविरुद्ध किसानको ज्ञापनपत्र

धादिङ, १९ साउन । बेलामा मल, बिउ नपाउनुका साथै प्राकृितक प्रकोपको सास्ती त छँदैछ । किसानका लागि बाँदर र बँदेलले थप सास्ती थपिरहेका छन् ।

बँदेल र बाँदरले मकै सखाप पारेपछि राहत तथा क्षतिपूर्तिको माग गर्दै धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तारुखर्कका किसानले कृषि ज्ञान केन्द्र धादिङमा ज्ञापनपत्र बुझाएका छन् ।

तारुखर्कका ५० किसानले करिब ४ सय रोपनीमा लगाएको मकै बँदेलले सखाप पारेपछि उचित क्षतिपूर्तिको माग गर्दै हिजो ज्ञापनपत्र बुझाएका हुन् ।

तारुखर्कका स्थानीय गोकर्ण सिंखडा, मोक्षनाथ पोखरेल, कमला पोखरेल, मेघनाथ पोखरेल, जानुका पोखरेल, पूर्णप्रसाद सिंखडा लगायत ५० स्थानीयको करिब ४ सय रोपनीमा लगाइएको मकै बाली दिनभर बाँदर र रातभर बँदेलले सखाप बनाईदिएको छ ।

पीडित किसानले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नीलकण्ठ नगरपालिका धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन धादिङमा समेत ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय