scheduleबिहिवार आश्विन ८ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, १९ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा हाल नेपालबाट दक्षिण तर्फ अवस्थित छ ।

अहिले देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश नं १, बाग्मती प्रदेश र प्रदेश नं ५ का केही स्थानहरु तथा अन्य प्रदेशका एक दुइ स्थानमा अहिले बर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर-पश्चिम प्रदेश एक वा दुई स्थानहरूमा मध्यान्हपछि भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय