scheduleबिहिवार आश्विन १५ गते, २०७७

मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता, एकको जीवितै उद्धार

काठमाडौं, १९ साउन । अविरल बर्षापछि सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर आठ जना बेपत्ता भएका छन् भने एकजनाको जीवितै उद्धार भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएको र एक जनाको जीवितै उद्दार गरिएको हो ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएको महर्जनले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय