scheduleबिहिवार आश्विन ८ गते, २०७७

मोटा मन्त्रीहरु भएको देशमा बढी भ्रष्टाचार!

एजेन्सी, १९ साउन । दक्षिणी बेलायतको बकिंघम शायरमा पर्ने हाई वायकोम्बे नगरका सांसद, मेयर र पार्षद हरेक वर्ष सार्वजनिकरुपमा आफ्नो तौल सार्वजनिक गर्दथे ।

यसबाट उनीहरुको सन्देश हुन्थ्यो- हामीले जनताको करबाट आफ्नो तौल बढाएका छैनौं । कुनै नेताको तौल बढ्यो भने भीडले चर्को स्वरमा उसको विरोध गर्दथे ।

पुरानो प्रचलनको अहिले कति सान्दर्भिकता छ भन्ने परीक्षण गर्न फ्रान्सको मोन्टपेलियर बिजनेस स्कूलका शोधकर्ता पाव्लो ब्लावस्कीले एउटा रोचक अध्ययन गरेका छन् ।

इकोनोमिस्टमा प्रकाशित खबरका अनुसार ब्लावस्कीले १५ देशका सरकारका क्याबिनेट मन्त्रीहरुको तौलको अध्ययन गरे । यसबाट रोचक तथ्य पत्ता लागेको छ ।

नतिजाका अनुसार जुन सरकारका मन्त्रीहरु मोटा छन्, त्यो देशमा त्यति नै भ्रष्टाचार देखियो ।
ब्लावस्कीले ३०० क्याबिनेट मन्त्रीहरुको फोटोबाट उनीहरुको बडी-मास इन्डेक्स (बीएमआई)को आंकलन गरे । यसको तुलना विश्व बैंक र ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकसँग गरे । उनले जुन देशका मन्त्रीहरुकी बीएमआई अत्यधिक छ, त्यहाँ बढी भ्रष्टाचार भएको रोचक यथार्थ पत्ता लगाए ।

उनको अध्ययनका अनुसार एस्टाेनिया, लिथुआना, लातविया र जर्जिया कम भ्रष्ट देश भेटिए । यी चार देशका मन्त्रीहरु मोटा थिएनन् । त्यस्तै ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानमा अत्यधिक भ्रष्टाचार छ जहाँका मन्त्रीहरु अत्यधिक मोटा छन् ।

अध्ययनमा सबै १५ देशका करिब एक तिहाई मन्त्री अत्यधिक मोटा भेटिए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको छवि स्वस्थ पुरुषको रुपमा भए पनि उनको मन्त्रिपरिषद्मा भने मोटा मान्छेहरु छन् ।

यसरी गरियो अध्ययन

शाेधकर्ता ब्लावस्कीले १५ देशका २०१७ का मन्त्रीहरुको ३०० तस्बिरमाथि अध्ययन गरे ।

अध्ययन गरिएका देशहरु हुन्-आर्मेनिया, अजरबेजान, बेलारूस, ऐस्तोनिया, जाॅर्जिया, कजाकिस्तान, रूस, किर्गिस्तान, लातविया, लिथुआनिया, युक्रेन, माल्डाेवा, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान ।

ब्लावस्कीले कम्प्यूटर एल्गाेरिदमको माध्यमबाट तस्बिरहरुको बीएमआईको अनुमान गरे । बीएमआईको औसत अंकसँग भ्रष्टाचारको सूचकसँग सम्बन्ध रहेको उनले भेटे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय