scheduleबिहिवार आश्विन १५ गते, २०७७

आइपिएल क्रिकेट यूएईमा गराउन खेलकुद मन्त्रालयको ‘ग्रीन सिग्‍नल’

काठमाडौं, १९ साउन । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट यूएईमा गराउन भारतीय सरकार अन्तर्गतको खेलकुद मन्त्रालयले स्वीकृति दिएको छ । त्यसैगरी गृह र विदेश मन्त्रालयबाट पनि आधिकारिक रुपमा चाँडै नै स्वीकृतिको अपेक्षा गरिएको छ ।

आइपिएलको ‘गभर्निङ काउन्सिल’ले यूएईमा प्रतियोगिता आयोजना गराउन अनुमति पाएसँगै १३ औं संस्करणको आइपिएल यूएईमा हुने पक्का भएको छ ।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आईपिएल यूएईमा आयोजना गर्ने जनाएको थियो । यद्यपि भारत सरकारबाट भने अनुमति पाउन बाँकी थियो । सेप्‍टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका खेलहरु ‘दुबई’, ‘शारजाह’ र ‘अबुदाबी’मा खेलाइने बताइएको छ  । त्यसैगरी हरेक टिममा कुल २४ खेलाडी राख्‍न पाइने छ ।

भारतमा कोरोना महामारीले भयावह रुप लिँदै गएका कारण बीसीसीआईले यस वर्षको आईपिएल युएईमा गराउने निर्णय गरेको हो ।

एसिया कप क्रिकेट र टि-२० विश्‍वकप अर्को वर्षलाई सारिएपछि आईपिएल आयोजना गर्नका लागि बाटो खुलेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय