scheduleशनिवार आश्विन १० गते, २०७७

मेलम्ची पहिरो अपडेटः बेपत्ता ८ मध्ये ५ जनाको शव भेटियो

फाइल फोटो

सिन्धुपाल्चोक, १९ साउन  ।  अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, प्रदिप चौरसिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा, सिमन घलान, शिव बालक धामी, सोनाम लामा छन् भने बारु शाहको उद्धार गरिको छ । मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत ८ जना कामदार पहिरोमा पुरिएका हुन् । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले पुरिएका मध्ये एक जनाको सकुशल उद्धार गरिएको हो । नेपाली सेना, प्रहरी र स्थानीयले बेपत्ताहरुको उद्धारमा खटिएका छन् । यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोमा २ जना बेपत्ता छन् । स्वास्थ्य चौकी नजिकैबाट बगेको पहिरोमा परी यज्ञबहादुर क्षेत्री र लक्ष्मी क्षेत्री वेपत्ता भएका हुन् । वडा अध्यक्ष पासाङ तामाङका अनुसार घर सहित दुवैजना पहिरोमा पुरिएका हुन् । बिहान ३ बजेको समयमा त्यहाँ पहिरो गएको बताइएको छ । बिहानैबाट स्थानीय खोज तथा उद्धारमा जुटिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय