scheduleमगलवार आश्विन ६ गते, २०७७

कोरोनाको त्रासबीच रक्षाबन्धनको चहलपहल, हेर्नुहोस् ५ तस्बिरहरु

काठमाडौं, १९ साउन । कोरोना महामारीको आतंकका बीच जनैपूर्णिमा मनाउन मानिसहरु सडकमा निस्किएका छन् । मन्दिर तथा धार्मिक स्थलहरुमा मानिसहरुको चहलपहल बढेको छ ।

साउन शुक्ल पूर्णिमाको दिन पर्ने चुडाकर्म गरेका आम तागाधारीले जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।

कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ ।

चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको ६ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ ।

यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ । यज्ञोपवित्रसँगै दिदीबहिनीले दाजुुभाइलाई राखी बाँध्ने चलन पनि देशको मधेस संस्कृतिमा रहेको छ ।

जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहने संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए ।

कोरोनाको त्रासबीच सडकमा निस्किएका मानिसहरुको केही तस्बिरहरु-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय