scheduleबिहिवार आश्विन १५ गते, २०७७

पर्सा र बाराका थप ७३ जनामा कोरोना संक्रमण पुष्‍टि

वीरगञ्‍ज, १९ साउन । पर्सा र बारामा थप ७३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । वीरगञ्‍जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६१ पुरुष र १२ महिला गरी ७३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

१० देखि ६७ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये नेपाल प्रहरीका २ जना तथा नेपाली सेना र पत्रकार पनि एक-एकजना पनि रहेका छन् ।

यस्तै वीरगञ्‍ज महानगरपालिका श्रीपुरका ४१ जना, अन्य विभिन्‍न वडाका गरी ५ जना,  बारा जिल्लाका पाँच जना र एकजना भारतीय नागरिकमा पनि संक्रमण पुष्‍टि भएको छ ।

अधिकांश संक्रमितहरु मास टेस्टिङ, एक घर एक परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेको बताइएको छ ।

पछिल्लो समय संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्‍ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो । त्यसैगरी बारामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय