scheduleआइतवार आश्विन ४ गते, २०७७

दाहाल-खनाल बालुवाटारमा, वार्ताको ‘गोलचक्कर’ सुरु

काठमाडौं, १९ साउन । केही समयको संवादहिनतापछि नेकपाभित्र शीर्ष नेताहरुबीच आउजाउ सुरु भएको छ । वार्तापछि वार्ताको गोलचक्करबाट गुज्रिरहेको नेकपामा केही समययता संवादहिनताको अवस्था थियो ।

पार्टीभित्रको जारी विवाद समाधान गर्ने बारेमा छलफल सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार पनि छलफल सुरु भएको छ ।

आइतबार भएको छलफल निष्कर्षविहीन भए पनि सकारात्मक रूपमा अघि बढेका कारण आज बिहान फेरि छलफल हुन लागेको हो ।

अहिले बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको सरकारी निवासमा हुने छलफलमा भाग लिनका लागि अर्का अध्यक्ष प्रचण्ड आफ्नो निवास खुमलटारबाट प्रस्थान गरिसकेका छन् ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललाई लिएर आइतबार पनि बालुवाटारमा छलफल गर्न गएका थिए । ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई आइतबारको बैठकमा सहभागी गराएका थिए ।

यही साउन १३ गते ओलीले एकपक्षीय रूपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीचको संवादहिनता टुटेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय