scheduleआइतवार आश्विन ११ गते, २०७७

प्रदेश १ मा सबैभन्दा धेरै बलात्कारका घटना दर्ता

काठमाडौं, १९ साउन । महिला हिंसाका घटनाहरु बढिरहेका छन् । यीमध्ये बलात्कारलाई कानूनले जघन्य अपराध भने पनि यस्ता घटना बढिरहेका हुन् ।

बलात्कारमा संलग्नलाई कारबाही प्रभावकारी नहुँदा अपराधमा संलग्नहरुलाई प्रोत्साहन मिल्ने अवस्था सिर्जना भएको छ । नेपालमा बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएका छन् ।

देशभर सबैभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ ।

उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् ।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार बागमती प्रदेशमा दुई सय ५६, गण्डकी प्रदेशमा एक सय ६१, प्रदेश पाँचमा तीन सय ४८, कर्णाली प्रदेशमा एक सय ३९ र सुदूर पश्चिम प्रदेशमा दुई सयवटा बलात्कार सम्बन्धी घटना भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ६ सय ८७ वटा बलात्कार प्रयाससँग सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय