scheduleसोमवार आश्विन १२ गते, २०७७

मेलम्ची पहिरो अपडेट : बेपत्ता आठैजनाको शव भेटियो

फाइल तस्वीर

काठमाडौं, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सोमबार विहान पहिरोमा परेर बेपत्ता भएका आठैजनाको शव फेला परेको छ ।

मृत्यु हुनेहरुमा राजेन्द्र चौरसिया, प्रदिप चौरसिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा, सिमन घलान, शिव बालक धामी, सोनाम लामा छन् । यस्तै उनीहरुसँगै पुरिएका बारु साहको भने उद्दार गरिएको छ । घाइते अवस्थामा उद्धार गरिएका रउनको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिएका छन् ।

लगातारको वर्षासँगै विहान करिब पौने ३ बजेको समयमा मेलम्ची बजारको पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको थियो जसमा परी ९ जना कामदारहरु पुरिएका थिए ।

उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय