scheduleबिहिवार आश्विन ८ गते, २०७७

जनैपूर्णिमाको शुभकामना आदानप्रदान गरेर सकियो बालुवाटार बैठक, अडान यथावत

काठमाडौं, १९ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सोमबारको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको छलफलमा प्रधानमन्त्री ओलीले सचिवालयबाटै प्रस्ताव तयार भएपछि मात्र स्थायी समिति बोलाउनु पर्ने अडान राखेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागी उक्त छलफलमा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् भने प्रचण्ड र वरिष्ठ नेता खनालले  स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने यथावत अडान राखेका छन् ।

छलफलमा सहभागी एक नेताले भने- ‘नयाँ केही सहमति भएन, शुरुमै जनैपुर्णिमाको शुभकामना आदान–प्रदान भयो, त्यसपछिको छलफलमा प्रधानमन्त्रीले पहिले सचिवालय बैठक बोलाएर सहमतिको प्रस्तावबारे छलफल गरौं भन्ने अडान राख्नुभो, प्रचण्डले स्थायी समिति सुचारु गरेर त्यहीँबाट हल गरेर जाऔं भन्ने आईतबारकै तर्कमा जोड दिनुभयो ।’

यसअघि गत साउन १३ गते ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा २९ जना सहभागी स्थायी कमिटी बैठकमा बरिष्ठ नेता खनाल र माधव नेपाल पनि सहभागी थिए ।

उनीहरुले ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राख्दै आएका छन् । तर,  दुवै पद नछोड्ने अडान राखेका ओलिले  बाँकी विषयमा सहमति खोजेर जान सकिने बताएका छन् ।

सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा छन् भने प्रचण्ड स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय