scheduleबिहिवार आश्विन ८ गते, २०७७

महान्यायाधिवक्ता आचार्यमा कोरोना संक्रमण भेटियो, ‘हिस्ट्री’ खुलेन

काठमाडौं, १९ साउन । प्रदेश १ सरकारको मुख्य न्यायायाधिवक्ताको जिम्मेवारी सम्हालिरहेका चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । उनका परिवारका अन्य दुईजनालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई कहाँबाट कोरोना सर्‍यो भन्नेबारे खुलेको छैन ।

उनलाई डेढ हप्ताअघि दुई दिनजति ज्वरो आएपछि आइतबार कोरोना परीक्षण गरिएको थियो । विराटनगर बस्दै आएका उनीसहित परिवारका सदस्यहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।

ज्वरो आएपछि उनले सिटामोल खाएका थिए । ज्वरो निको भएपनि कोरोना आशंकामा उनले घरमै आइसोलेसन बसिरहेका थिए ।

आचार्यले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि उनी नियमित कामहरुमा सहभागी थिए । कार्यालयको काम र बैठकहरुमा सहभागी भएकोले उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय