scheduleशनिवार आश्विन १० गते, २०७७

कर्णालीको कष्ट, हेर्नुस् ३ तस्बिरहरू

कालिकोट, १९ साउन । कर्णालीको कष्टबारे युद्ध र आन्दोलनमा धेरै चर्चाहरु चले । कर्णाली राज्यको मूल प्रवाहमा आउनुपर्छ भनेर धेरै बहसहरु गरिए ।

मुलुकमा गणतन्त्र आयो, राजतन्त्र गयो । अहिले संघीयता पनि कार्यान्वयन भइरहेको छ । तीन तहमा सरकार छ । यसको अर्थ अहिले कर्णालीका कुना कुनामा सरकार छ ।

तर सरकार छ भन्ने अनुभूति जनतालाई हुन सकेको छैन ।

यहाँ तीन तस्बिहरु छन् जसले कर्णालीको कष्टलाई चित्रित गर्दछ ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रुहरु ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै ।

तस्बिरहरुः शुरबहादुर सिंह/रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय