scheduleमगलवार आश्विन ६ गते, २०७७

शेयर बजार : १.०३ अंकले बढ्यो नेप्से

काठमाडौं, १९ साउन । साताको दोस्रो दिन सोमवार  कारोबार भएको दोस्रो घण्टामा नेप्से १ दशमलव शून्य ३ अंकले बढेको छ ।

१ हजार ३९५ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको दोस्रो घण्टामा शून्य दशमलव शून्य ७ प्रतिशत बढेर १ हजार ३९७ दशमलव ३० विन्दुमा पुगेको  छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ ।

कारोबारको दोस्रो घण्टासम्म १८२ ओटा कम्पनीको  ५० करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय