scheduleबिहिवार आश्विन ८ गते, २०७७

मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गयो

सांकेतिक तस्बिर

काठमाडौं, १९ साउन । काठमाडौंको कालोपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई हाल चाबहिल बस्दै आएका ३० वर्षीय टासी शेर्पा रहेका छन् ।

गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा राष्‍ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय