scheduleशनिवार आश्विन १० गते, २०७७

प्रदेश १ : ५७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ साउन । प्रदेश १ मा सोमबार थप ५७ जना कोरोना संक्रमित थपिएका छन। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार  झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यो हालसम्मकै बढी संक्रमित संख्या हो ।

५७ संक्रमितमध्ये मोरङमा मात्र ४६ संक्रमित भेटिएका छन्। जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका छन। त्यस्तै, सुनसरीका ५ जनामध्ये धरानका १ जना, इनरुवाका १ जना र इटहरीका ३ जना रहेका छन्।

त्यस्तै, झापाको बिर्तामोडका १ जना र अर्जुन धाराका ५ जना गरी ६ जना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित हुनेमा  महिला १८ जना र पुरुष ३९ जना रहेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय