scheduleआइतवार आश्विन ११ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जना गरी ५१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।

नेपालमा भने आज कुल ४१८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय