मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडलबारे निर्णय हुन सक्ने
काठमाडौं, १९ साउन । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कोरोना भाइरसको जोखिम बढेसँगै रोकथामका लागि कडा कदम चाल्ने एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी लकडाउनको नयाँ मोडालिटिबारे महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे छलफल हुँदै आएको छ ।
सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने विस्वास गरिएको छ । आज कोभिड १९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीले केही प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ ।