scheduleबिहिवार आश्विन १५ गते, २०७७

गण्डकीमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा, १९ साउन । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार साँझ जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ३ जना तथा कास्की, पर्वत र लमजुङका एक-एकजना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५३५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका दुईजना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्‍टि भएको हो ।

त्यसैगरी कास्कीको मादी गाउँपालिकाका एकजना महिलामा पनि संक्रमण पुष्‍टि हुँदा लमजुङको दुधपोखरी र पर्वतको कुश्‍माका एक-एकजना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसअघि आजै विहान गण्डकी प्रदेशमा ५ जना संक्रमित थपिएका थिए ।

प्रदेशभर हालसम्म निको हुनेको संख्या १३४८ पुगेको पनि जनाइएको छ । हालसम्म ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय