scheduleआइतवार आश्विन ११ गते, २०७७

कोशी अस्पतालमा उपचाररत् व्यक्तिमा मृत्युपश्‍चात् कोरोना पुष्‍टि

विराटनगर, १९ साउन । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत् एकजना वृद्धमा मृत्युपछि कोरोना पुष्‍टि भएको छ ।

ज्वरो र श्‍वासप्रश‍वासको समस्या भएका विराटनगरका ७७ वर्षीय ती वृद्ध सोमबार विहान अस्पताल भर्ना भएका थिए । वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले विहान १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो ।

तर स्वाब रिपोर्ट नआउँदै उनको दिउँसो मृत्यु भएको थियो । मृत्यु भएको केहीबेरपछि उनमा संक्रमण पुष्टि भएको रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

मधुमेहको समस्यासमेत रहेका ती वृद्धलाई चार दिनदेखि ज्वरो आउने तथा श्‍वासप्रश्‍वासमा समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय