scheduleबिहिवार आश्विन ८ गते, २०७७

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं, १९ साउन ।  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त  भएका छन् ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टका साथै रामकृष्ण खतिवडा र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो।

योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीईओ नियुक्त भएका हुन्।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय