scheduleआइतवार आश्विन ४ गते, २०७७

त्रिवि चिकित्सा शास्त्रको स्‍नातक तहको परीक्षा स्थगित

काठमाडौं, १९ साउन । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन नभएकाले परिक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

अवस्थामा सुधार आउनासाथ परीक्षा तालिका प्रकाशित गरिने भन्दै कार्यालयले विद्यार्थीलाई तयारी अवस्थामा नै रहन आग्रह गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय