scheduleबिहिवार आश्विन १५ गते, २०७७

‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने सिलवालको प्रतिबद्धता

काठमाडौं, १९ साउन । राष्‍ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई खेल मैदान उपलब्ध गराउने बताएका छन् ।

राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । एन्फाले सूचना दिएमा काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने उनले बताए ।

खेलाडीसँग सम्भावना भएको तर ‘म्याच एक्सपोजर’को अभाव भएकाले त्यसका लागि राखेपले सघाउने उनको भनाइ थियो । आगामी दशैं अगाडि विश्‍वकप छनौट खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्‍ट्रिय रुपमा नै नेपाली फुटबलको चर्चा हुने उनले बताए ।

यस्तै कार्यक्रममा कुरा गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायिक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले राखेप मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्‍वास समेत व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय