scheduleबिहिवार आश्विन १५ गते, २०७७

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा, १९ साउन । गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित रानाभाटविरुद्ध पीडित बालिका र उनकी आमाले दिएको उजुरीको आधारमा रानाभाट पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

यसैबीच जनता समाजवादी पार्टीको पालुङटार नगर समितिले अनुसन्धान प्रकृयालाई सहज बनाउनका निम्ति रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय