scheduleबिहिवार आश्विन १५ गते, २०७७

सुजन सुवेदी बने तेस्रो सिजनको हिमालयन रोडिज विजेता

काठमाडौं, १९ साउन । रियालिटी शो हिमालयन रोडिजको तेस्रो सिजनको विजेता पोखराका सुजन सुवेदी बनेका छन् ।

सोमबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा भएको कडा प्रतिस्पर्धामा सुजनले दिवस श्रेष्ठ लाई पछि पार्दै उपाधि जितेका हुन् ।

‘ग्याङ ग्रिन’ अन्तर्गत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउन्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले १० लाख रुपैयाँ नगद र यामाहा मोटरसाइकल जितेका छन् ।

गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिजको तेस्रो सिजन कोरोना संक्रमणका कारण लागु भएको लकडाउनले गर्दा १५ औं श्रृंखलापछि रोकिएको थियो । लकडाउन खुलेपछि प्रसारण सुचारु भएको रोडिजको सोमबार १८ औं एपिसोडमा बिजेता छानिएको हो ।

भियाकम–१८ ले विकास गरेको फर्म्याट अन्तर्गत हिमालय टेलिभिजनले फ्रेन्चाइज लिई यस रियालिटी सो नेपालमा प्रसारण गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय