scheduleआइतवार आश्विन ४ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, २० साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा हाल नेपालबाट दक्षिण तर्फ अवस्थित छ ।

अहिले प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसोः देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती :देशभर सामान्य बदली रही सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय