scheduleबिहिवार आश्विन १५ गते, २०७७

अस्पताल भर्ना भएका बिरामीमा कोरोना देखिएपछि स्वास्थ्यकर्मी क्‍वारेन्‍टाइनमा

बुटवल, २० साउन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । अस्पतालकै प्रयोगशालामा भएको पिसीआर परीक्षणमा कपिलवस्तुका २२ वर्षीय पुरुषमा संक्रमण पुष्‍टि भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाएका छन् ।

निमोनियाको उपचारका लागि आइतबार आकस्मिक कक्षमा भर्ना भएका ती पुरुषलाई सोमबार साधारण बेडमा सारिएको थियो ।

बिरामीमा संक्रमण देखिएपछि उपचारमा संलग्‍न रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई क्‍वारेन्‍टाइनमा पठाइएको छ ।

यसैबीच प्रादेशिक अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देही र स्याङ्जाका एक-एकजना पुरुषमा पनि संक्रमण देखिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पुरुष ‍‍औषधि लिएर कपिलवस्तु गएका बेला मेडिकल सञ्‍चालकालाई संक्रमण भेटिएको थाहा पाएपछि आफैं पैसा तिरेर परीक्षण गराउन गएका थिए ।

विदेशबाट फर्किएका स्याङ्जाका पुरुष पनि आफैंले पैसा तिरी परीक्षणका लागि गएका थिए । संक्रमण पुष्‍टि भएपछि कन्ट्‍याक्ट ट्रेसिङको काम थालिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय