scheduleआइतवार आश्विन ४ गते, २०७७

स्वासप्रश्वासमा समस्या भएका एकको कोशी अस्पतालमा मृत्यु

काठमाडौं, २० साउन । कोशी अस्पतालमा  एक जनाको मृत्यु भएको छ। कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि सोमबारराति अस्पताल ल्याइएका उदयपुरका एक पुरुषको मृत्यु भएको हो ।

उनलाई अस्पताल ल्याउँदा ज्वरो, श्वासप्रश्वास र वाकवाकी लाग्ने समस्या देखिएको थियो। डाक्टर दासले भने, ‘उहाँलाई विराट नर्सिङले राति रिफर गरिदिएको थियो। साढे १२ बजेतिर बेडमा भर्ना गर्न खोज्दाखोज्दै उहाँको मृत्यु भयो।’

अहिले मृतकको शव अस्पतालमै राखिएको छ। कोरोना संक्रमणसँग मिल्दोजुल्लो लक्षण देखिएपछि परीक्षणको लागि मृतकको स्वाब संकलन गरिएको छ। स्वाबको नजिता आएपछि त्यही अनुसार शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय