scheduleबिहिवार आश्विन १५ गते, २०७७

क्वारेन्टाइनका सुरक्षागार्डले आफैंलाई मट्टीतेल छर्किएर आगो लगाए

तिलोत्तमा, २० साउन । रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए ।

‘आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भीर रहेको र देवदह मेडिकल कलेजमा उपचार गराइएको थियो,’  ‘यहाँ सम्भव नभई पाल्पा रिफर गरिएका उनको पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।’ राठौरले भने ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय