scheduleमगलवार आश्विन ६ गते, २०७७

एकलाख नजिक सुनको भाउ

काठमाडाैं, २० साउन ।  मंगलबार सुनको भाउ  तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

सोमबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । चाँदी भने आज स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा सुनले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय