scheduleबिहिवार आश्विन १५ गते, २०७७

कर्नाटकका पूर्व मुख्यमन्त्रीलाई कोरोना संक्रमण

नयाँ दिल्ली, २० साउन । भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री सिद्धरमहियाले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।  मंगलबार सामाजिक संजाल  ट्विटर मार्फत उनले संक्रमण भएको र उपचारका लागि अस्पताल भर्ना भएको जानकारी गराएका हुन्।

उनले ट्विटमा भनेका छन् – ‘मेरो परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको छ र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मसँग सम्पर्कमा आउनु भएका सबैजनालाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आग्रह गर्छु ।’

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित रहेका मुलुकमध्ये  भारत तेस्रो स्थानमा रहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १८ लाख ५६ हजार ७५४ पुगेको छ भने ३८ हजार ९९३ जनाले यसकै कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय