scheduleबिहिवार आश्विन १५ गते, २०७७

प्रचण्ड- वामदेव भेटवार्ता : आफ्नो प्रस्तावमा सहमत हुन वामदेवको आग्रह

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  र  उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमलाई भेट्न प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका हुन्।

स्रोतका अनुसार  मंगलबार बिहान दुई नेताबीच भएको भेटवार्तामा  गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन प्रचण्डलाई आग्रह गरेका छन् । साउन १३ गते उपाध्यक्ष गौतमले पार्टी विवादको समाधानका लागि ६ बुँदे प्रस्ताव राखेका थिए।

वामदेवको प्रस्तावमा अर्को आम निर्वाचनसम्म ओली प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने लगायत थियो ।

यसअघि गत साता गौतमलाई भेट्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली भैंसेपाटी पुगेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय