scheduleबिहिवार आश्विन १५ गते, २०७७

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २० साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिए ।

उनले भने- ‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ।’

अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई बिहीबार  कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय