scheduleमगलवारफाल्गुन २५ गते, २०७७

ओलीलाई देउवाको आग्रह – लिएको सुझाव कार्यान्वयन गर्नुस्

काठमाडौं, २० साउन । कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्शमा सहभागी भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयावह स्थिति आउन लागेको भन्दै सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा नखटिई सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए ।

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन लाउनुपर्यो ?’

‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर आज सुझाव दिएको छु ।’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलिले बोलाएको उक्त परामर्श बैठकमा देउवाले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay