scheduleबिहिवार आश्विन १५ गते, २०७७

सुशान्त आत्महत्या प्रकरणको छानविनमा मुम्बई पुलिसले सहयोग नगरेको आरोप

एजेन्सी, २० साउन । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले दिनानुदिन नयाँ मोड लिँदै गएको छ । यस विषयमा विहार पुलिस र मुम्बई पुलिसले आ-आफ्नो अडान कायमै राखेका छन् । यसैबीचमा बिहारका डिजीपी गुप्तेश्वर पाण्डेले छानविनमा मुम्बई पुलिसले आवश्‍यक सहयोग नगरेको आरोप समेत लगाएका छन ।

मुम्बई पुलिसको मनसायमाथि प्रश्‍न उठाउँदै विहार पुलिसले अब ठुलो निर्णय लिने बताएको छ । विहारका डिजीपी पाण्डेले सुशान्तको मृत्युलाई आत्महत्याको नाम दिइएकाले यसको बारेमा सुरुवातदेखि नै छानविन गर्नुपर्ने बताउँदै आइरहेका छन् । तर मुम्बई पुलिसले भने अत्यावश्यक विषयका बारे तयार भएका रिपोर्ट समेत हेर्न नदिएको विहार पुलिसको आरोप छ ।

डिजीपी पाण्डेले भने, ‘मुम्बई पुलिसले हामीलाई अपराधीहरु जस्तो व्यवहार गरिरहेको छ । उनीहरुको मनसाय पनि स्पष्‍ट छैन र हामीलाई काम गर्न पनि दिइएको छैन ।’ सोमबार मात्र विहारबाट यही विषयमा छानविन गर्न मुम्बई पुगेका पटनाका एसपीलाई पनि क्‍वारेन्टाइनमा पठाइएको थियो । त्यो कुराले पनि विहार पुलिस मुम्बई पुलिससँग रुष्‍टिएको छ ।

उनीहरुले एसपीलाई कैदिको जस्तो व्यवहार गरी क्‍वारेन्टाइनमा पठाइएको आरोप लगाउँदै उनलाई तुरुन्त रिहा गरी छानविनमा सामेल हुन दिन माग गरेका छन् । ‘विहार पुलिस सुचना प्राप्त गर्नका लागि लागिपरेको छ तर कसैले पनि सहयोग गरेका छैनन्’ , उनीहरुले भने । यद्यपि सरकारी निकायले भने एसपीलाई क्‍वारेन्टाइनमा राखिनु नियमानुसार नै भएको दाबी गरेका छन् ।

जानकारीका अनुसार अब प्रवर्तन निदेशालय (ईडी) ले रिया चक्रवर्तीसँग सोधपुछ गर्ने छ। रियालाई सोधिने प्रश्‍नहरु तयार रहेको सूची तयार रहेको बताइएको छ । यस अनुसन्धानबाट धेरै ठूला नामहरू बाहिरिन सक्ने आंकलन गरिएको छ । ईडीले सुशांतको बैंक खाताहरूको विवरण पनि प्राप्त गरेको छ। यसैलगायत अन्य सम्बन्धमा रियालाई प्रश्‍न गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय