scheduleबिहिवार आश्विन १५ गते, २०७७

मङ्गलबार थप २५९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

मङ्गलबारसम्म १० हजार ४५२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६८७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ४ लाख ६ हजार ५९४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप एकजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय