scheduleशनिवार आश्विन १० गते, २०७७

मंगलबार कर्णालीमा भेटिएनन् संक्रमित

सुर्खेत, २० साउन । मंगलबार कर्णाली प्रदेशमा नयाँ संक्रमितको संख्या शून्य रहेको छ । कर्णालीमा कोरोनामुक्त हुनेको संख्या बढ्दै गएको छ । मंगलबारसम्म संक्रमित १९४५ मध्ये १७४१ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो तथ्याङ्कअनुसार  सुर्खेतमा २७ जना, दैलेखमा १२२ जना, जाजरकोट र सल्यानमा ११/११ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिम्मा २ जना र मुगुमा १ जना गरी १९८ जना सक्रिय संक्रमित छन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ४१ हजार ८४८ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । पछिल्लो समय कर्णालीमा आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय